काठमाडौँ । सरकारले शिक्षा र स्वास्थ्यमा ‘समता शुल्क’ भनेर तीन तीन कर लगाएको छ ।
आज सार्वजनिक भएको बजेटले निजी शैक्षिक संस्था र निजी स्वास्थ्य स्वास्थ्यमा समता शुल्कको नाममा कर लगाएको हो ।
यसले शिक्षामा अविभावकलाई र स्वास्थ्यमा बिरामीलाई उपचार गर्दा खर्च हुने कुल रकममा थप तीन प्रतिशत भार पर्ने भएको छ ।
आर्थिक विधेयकमा भनिएको छ,“ निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारका शुल्कमा तनि प्रतिशतका दरले शिक्षा समता शुल्क लगाई असुल उपर गरिनेछ ।”
निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्था भन्नाले तालीम तथा पुनर्ताजगी तालीम प्रदान गर्ने संस्था बाहेक निजी क्षेत्रबाट सञ्चालित विश्वविद्याय, महाविद्यालय तथा प्राविधिक शिक्षालय लगायत जुनसुकै किसिमको शिक्षा प्रदान गर्ने निकाय पर्ने छन् ।
यसरी शुल्क लिँदा त्यस्ता शिक्षण संस्थाले बीजक जारी गरी असुल उपर गर्नुपर्ने छ ।
यस्तै निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा सञ्चालन गर्ने व्यक्तिले बिरामीबाट असुल गर्ने सबैप्रकारका सेवा शुल्कमा तीन प्रतिशतका दरले स्वास्थ्य समता शुल्क लगाई असुरउपर गरिने भनिएको छ ।
समता शुल्क त्यस्तो सेवा प्रदान गर्ने व्यक्ति,संस्था वा निकायले बीजक जारी गर्नुपर्ने छ ।
समता शुल्क असुल गर्ने व्यक्ति, संस्था वा निकायले असुल गरेको रकम र सोको विवरण चौमासिक रुपमा प्रत्येक चौमासिक अवधि समाप्त भएको २५ दिनभित्र सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने छ ।
यो आमदानी सरकारका लागि अप्रत्यक्ष आयकर हो भने यसबाट झण्डै १० अर्ब रुपैयाँ उठ्ने छ । सरकारले पहिलोपटक घुमाउरो पाराले निजी शिक्षण संस्था र निजी स्वास्थ्य संस्थालाई करको दायरामा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्