२६ अंकले घट्यो नेप्से


काठमाडौंँ । साताको कारोबारको पहिलो दिन सेयरबजार राताम्य भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक २६.७२ अंकले घटेर २७५५.३७ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार आखुँखोला जलविद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४३ करोड ४ लाख ५१ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आज नेपाल रिइन्स्योरेन्स कम्पनी र खानीखोला हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज बुङ्गल हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य १३.२० प्रतिशतले घटेको छ ।

कुल ३४९ कम्पनीको एक करोड ३३ लाख ८३ हजार ८१६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।