काठमाडौं । सगरमाथा क्षेत्रमा ६ दिनदेखि बेपत्ता रहेका ओखलढुंगाका पर्वतारोहण गाइड दावा शेर्पा जीवितै फेला परेका छन्।
खोजी टोलीले बिहीबार बिहान उनलाई खुम्बु आइसफल क्षेत्रमा भेटाएको हो। खोजीमा संलग्न टोलीका अनुसार शेर्पा हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा फेला परेका थिए। उनलाई अहिले हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइँएकाे छ ।
शेर्पा एक पोलिस आरोहीसँग सगरमाथा आरोहणमा गएका थिए। फर्किने क्रममा दावा जेठ १५ गते क्याम्प–३ आसपासबाट सम्पर्कविहीन भएका थिए । उनको खोजीका लागि हेलिकोप्टरसहितको विशेष टोली परिचालन गरिएको थियो।



प्रतिक्रिया दिनुहोस्