काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को अध्यक्षमा मोहनकुमार डाँगी चयन भएका छन् ।
वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाबमोजिम डाँगी इप्पानको अध्यक्ष बनेका हुन् ।
इप्पानको विधानको धारा १५ को उपधारा १२ अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका छन् ।
इप्पानको २४औँ वार्षिक साधारणसभाअन्तर्गत सम्पन्न कार्यसमिति निर्वाचनको नतिजाअनुसार उपाध्यक्षमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित भएका छन् ।
महासचिवमा टेकनाथ आचार्य (टी.एन. आचार्य) तथा उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।
सचिवमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भएका छन् ।
कोषाध्यक्ष पदमा भएको प्रतिस्पर्धामा शंकर बस्याल २६७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
उनका प्रतिस्पर्धी मिथुन चक्रवर्ती प्रसाद पौडेलले ८२ मत प्राप्त गरे । खुला सदस्यतर्फ अनुप आचार्य, कदम केसी, जगदीश शिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का र वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन्।



प्रतिक्रिया दिनुहोस्