राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री शाह चितवनमा


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन् । 

असार ७ गते (आज) देखि चितवनमा शुरु हुन लागेको रास्वपाको ऐतिहासिक महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री साह चितवन गएका हुन् । चितवनमा आजदेखि शुरु हुने उक्त महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको र प्रधानमन्त्रीको आगमनसँगै पार्टीका अन्य शिर्ष नेता तथा प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको छ ।

महाधिवेशनले पार्टीको नयाँ नेतृत्व र नीतिगत संरचनाको समेत फैसला गर्नेछ ।