झिनो अंकले घट्यो नेप्से


काठमाडौंँ । साताको कारोबारको पहिलो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक १.४६ अंकले घटेर २७००.६५ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये २ ओटा उपसमुहको बढेको छ भने बाँकी ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आज सोपान फर्मास्युटिकल्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३७ करोड ४४ लाख ४४ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आज टक्सार पिखुवा खोला र याम्बलिङ हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यी दुई कम्पनीको सेयरमूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

कुल ३५३ कम्पनीको ८१ लाख १२ हजार ७९८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड ८६ लाख ३१ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।