काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिन गर्नुपर्नेमा आफ्नो पनि माग रहेको बताएका छन् ।
सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ गर्ने तयारी भन्दै हल्ला भएपछि शर्माले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
उनले सम्पत्ति छानबिनको विषय सदन र पार्टीमा उठाएको स्मरण समेत गराएका छन् ।
उनले भनेका छन्,“साथीहरू, सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषया उठाएको हुँ । त्यसमा अहिले पनि अडिग छु ।”
उनले सरोकार नै नभएको विषयमा बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायल भएकाे भन्दै दुःख व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्