काठमाडौँ । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई बयानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ।
अनुसन्धानको सिलसिलामा हिजाे सुर्खेतमा पक्राउ गरिएका पूर्वअर्थमन्त्री पौडेललाई सुर्खेतबाट आज काठमाडौं ल्याइएको हाे ।
पौडेललाई सोमबार स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको थियो। विभाग परिसरमा उपस्थित गराइएपछि उनीसँग प्रारम्भिक सोधपुछ तथा बयान लिने प्रक्रिया सुरु गरिने विभागले जनाएकाे छ ।
व्यवसायी दीपक भट्टसँग शंकास्पद काराेबार भएकाे आराेपमा पौडेललाई पक्राउ गरिएकाे विभागकाे दाबी छ ।



प्रतिक्रिया दिनुहोस्