गर्मीका कारण युरोपमा १३ सय जनाको मृत्यु,घरमै मृत्यु हुनेको सङ्ख्या ४० प्रतिशतले बढ्यो


काठमाडौँ । चर्को गर्मीका कारण युरोपमा २१ जुनदेखि अहिलेसम्म १३ सय जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

जर्मनी, पोल्याण्ड र चेक गणतन्त्रमा तापक्रमका रेकर्डहरू भङ्ग भएका छन् भने २१ जुनदेखि हालसम्म १,३०० भन्दा बढीको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको बिबिसीले उल्लेख गरेको छ ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयले गत बुधबारदेखि मात्रै करिब १ हजारभन्दा बढीको मृत्यु भएको जनाएको छ ।

विशेष गरी ६५ वर्षभन्दा माथिका व्यक्तिहरूमा मृत्यु दर उल्लेख्य रूपमा बढेको छ । घरमै मृत्यु हुनेको सङ्ख्या ४०% ले बढेको तथ्याङ्क छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले,“युरोप पृथ्वीको सबैभन्दा छिटो तात्ने महादेश हो, विश्व औसतको दुई गुणा गतिमा तातिरहेको छ ।”

अहिले लाखौं मानिस अत्यधिक गर्मीबाट प्रभावित छन् । विद्यालयहरू बन्द भएको र विद्युतीय प्रणाली कमजोर बनेको समाचारमा उल्लेख छ ।