काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका पूर्वअर्थमन्त्री तथा एमाले नेता विष्णु पौडेललाई सोमबार विशेष अदालतमा उपस्थित गराइएको छ।
अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न विशेष अदालतमा पेश गरिएको हो। उनी असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पदको दुरुपयोग गरी व्यवसायी दीपक भट्टलाई सेयर खरिद प्रक्रियामा सहजीकरण गरेको आरोपमा पौडेलमाथि अनुसन्धान अघि बढाइरहेको छ। सोही विषयलाई आधार बनाएर विभागले थप प्रमाण संकलन र अनुसन्धान गरिरहेको जनाएको छ।
यसअघि पौडेलको तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो। सर्वोच्चको आदेशपछि पनि अनुसन्धान प्रक्रिया भने नियमित रूपमा अगाडि बढिरहेको छ।



प्रतिक्रिया दिनुहोस्