काठमाडौँ । फोटोन मोटर्स नेपालले बुटवलमा आफ्नो नयाँ शोरुमको औपचारिक रूपमा सञ्चालन ल्याएको छ ।
यो विस्तारसँगै नेपालभरी आफ्नो पहुँच विस्तार गर्ने र देशको पश्चिमी भेगका ग्राहकसमक्ष आफ्ना उत्पादन तथा सेवाहरू अझ नजिकै पु¥याउने प्रयासलाई थप बलियो बन्ने कम्पनीले जनाएको छ ।
व्यापारिक एवम् यातायातको प्रमुख केन्द्रका रूपमा रहेको बुटवलमा सञ्चालनमा आएको नयाँ शोरुमले रुपन्देही, पाल्पा, नवलपरासी तथा त्यस आसपासका जिल्लाका ग्राहकलाई सेवा दिने लक्ष्य राखेको छ । यसले उक्त क्षेत्रका सवारीधनी तथा सम्भावित खरिदकर्ताका लागि फोटोनका सेवा र सवारीसाधनहरूमा पहुँच अझ सहज बनाउने विश्वास गरिएको छ ।
बुटवलको मणिग्राममा स्थापना गरिएको नयाँ शोरुम पूर्ण ३ एस (सेल्स, सर्भिस र स्पेयर पाट्र्स) सुविधासहित सञ्चालनमा ल्याइएको एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले जानकारी दिए ।
एउटै स्थानबाट सवारी बिक्री, आफ्टर सेल्स सर्भिस तथा जेन्युइन स्पेयर पाट्र्स उपलब्ध गराइने भएकाले ग्राहकले टाढाका अन्य शहर धाउनुपर्ने झन्झटबाट राहत पाउने कम्पनीको विश्वास छ ।
कार्यक्रममा बोल्दै एमएडब्लु वृद्धी कमर्सियल भेहिकल्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले बुटवल शोरुम केवल व्यापार विस्तार मात्र नभई नेपालभरीका कम्युनिटीमा कम्पनीले गरेको दीर्घकालीन लगानीको प्रतीक भएको बताए ।
उनले प्रत्येक टचपोइन्टमा गुणस्तर र विश्वासलाई प्राथमिकता दिने कम्पनीको प्रतिबद्धता दोहोर्याए ।
एमएडब्लु वृद्धी कमर्सियल नेपालमा व्यावसायिक सवारीसाधन आपूर्ति गर्ने कम्पनी हो ।
कम्पनी फोटोन भेहिकल्सको आधिकारिक वितरक हो र विश्वसनीयता, कार्यक्षमता तथा ग्राहक सन्तुष्टिलाई आफ्नो मुख्य प्राथमिकता मान्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्