२४ अंकले घट्यो नेप्से, ३ अर्ब २५ करोड रूपैयाँ बढीको कारोबार


काठमाडौंँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार राताम्य भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक २४.६३ अंकले घटेर २६०८.३३ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।

आज सिद्धार्थ बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १३ करोड ३९ लाख २ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आज स्नो रिभर्सका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज टक्सार पिखुवा खोला हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य १४.०३ प्रतिशतले घटेको छ ।

कुल ३६५ कम्पनीको ८७ लाख ३७ हजार ३९२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।