सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री देउवाका छोरा जयविरलाई भन्यो,‘७ दिन भित्र उपस्थित हुनु’


काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवलाई पत्र काटेको छ ।

काठमाडौं महानगरपालिका–२, बहादानीलकण्ठ निवासी देउवाको नाममा सार्वजनिक सूचना जारी गर्दै बयानको लागि ७ दिनभित्र विभागमा उपस्थित हुन आग्रह गरेको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा सम्पर्क हुन नसकेपछि विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ५७ बमोजिम सार्वजनिक सूचना प्रकाशित गरेको जनाएको छ। विभागले सोमबार बुढानीलकण्ठस्थित देउवाको भग्नावशेष भएको घरमामा पुगेर बयानका लागि आउनू भनी पत्र टाँस गरेको हो ।

सूचनामा उल्लेख भएअनुसार सम्बन्धित व्यक्तिले सूचना प्रकाशित भएको मितिले ९ दिनभित्र पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयको ‘बी’ ब्लकमा रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कार्यालयमा उपस्थित भई सम्पर्क गर्नुपर्नेछ।

विभागले तोकिएको अवधिभित्र उपस्थित नभए प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ।

विभागले यसअघि नै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणा देउवामाथि अनुसन्धान गर्न पत्र काटिसकेको थियो ।