काठमाडौँ । चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदमा देवेन्द्रबहादुर खत्री नियुक्त भएका छन् ।
आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले प्रा.डा.लाई उपाध्यक्ष नियुक्त गरेका हुन् । प्रा.डा. खत्रीलाई शिक्षमन्त्री एवं आयोगका सहअध्यक्ष सस्मित पोखरेलले सपथ ग्रहण गराएका छन् ।
खत्री विसं. २०७७ पुसमा नेपाली सेनाको प्राविधिकतर्फ उपरथीमा पदोन्नति भएर नेपाली सेनाको स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारी पुरा गरेका थिए ।
वीरेन्द्र अस्पताल छाउनी काठमाडौ्रँमा लामो समय वरिष्ठ चिकित्सक र मेडिसिन विभागको विभागीय प्रमुखका रूपमा सेवा प्रदान समेत गरेका थिए ।

उनी हाल नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको कार्यकारी निर्देशकको रूपमा कार्यरत छन् । उपाध्यक्ष पदका लागि १० जनाले आवेदन दिएका थिए । सिफारिस समितिले प्रा.डा. गेहनाथ बराल, प्रा.डा देवेन्द्रबहादुर खत्री र प्रा.डा श्रीकृष्ण गिरीको नाम पठाएको थियो ।
दर्खास्त हाल्नेमा तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्व सचिव डा. रोशन पोखरेल, प्राडा दिनेशकुमार लम्साल, प्राडा दीपेन्द्र श्रेष्ठ,प्राडा देवेन्द्रबहादुर खत्री र सह प्राडा प्रमोदकुमार यादव, प्राडा सञ्जयकुमार श्रेष्ठ, प्राडा सुरज बज्राचार्य र प्राडा शैलेश प्रधान थिए ।
गत १९ वैशाखमा अध्यादेशबाट १२ चैत अघि भएका नियुक्ति हटाउने अध्यादेश ल्याउँदा तत्कालीन उपाध्यक्ष रहेका प्राडा अञ्जनीकुमार झा हटेपछि नयाँ उपाध्यक्ष नियुक्त गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्