काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दाबिच भेटवार्ता भएको छ।
मंगलबार सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र एडीबी अध्यक्ष कान्दा भएको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार भेटवार्तामा प्रधानमन्त्री शाह र अध्यक्ष कान्दाबीच नेपालमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पूर्वाधार विकास गरी तीन वटा विषयमा केन्द्रित भएर छलफल भएको छ ।
एडीबीका अध्यक्ष कान्दाले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका थिए। वाग्लेसँग भेटेपछि नेपाल र एडीबीबीच करिब २५ अर्ब रुपैयाँ (१६ करोड ५० लाख अमेरिकी डलर) बराबरको सहुलीयतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको थियो ।


प्रतिक्रिया दिनुहोस्