घट्यो सुनचाँदीका मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

योसँगै छापावाला सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले सस्तिएर ४ हजार ५ सय रुपैयाँमा भईरहेको छ ।