काठमाडौँ । प्रतिनिधिसभामा सभामुख डोलप्रसाद अर्याल र एमाले सांसद राजेन्द्रकुमार राईबीच विवाद भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
बुधबारको बैठकमा बोल्ने क्रममा सांसद राईले “सभामुखले कान सुन्नुहुन्छ कि हुन्न?” भन्ने टिप्पणी गरेपछि सभामुख अर्यालले उनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बोल्न रोकेका थिए।
त्यसपछि रास्वपाकी सांसद टिका संग्रौलाले सभामुखको अपमान हुने अभिव्यक्ति दिएको भन्दै नियमापत्ति जनाइन्। त्यसलगत्तै सभामुखले माफी माग्ने शर्तमा राईलाई पुनः बोल्न समय दिए।
तर राईले माफी माग्नुको सट्टा सभामुखले आफ्नो कुरा नसुनी गलत व्यवहार गरेको र यस शैलीले पाँच वर्ष संसद सञ्चालन गर्न नसकिने भन्दै पुनः आलोचना गरे।
राईको दोस्रो अभिव्यक्तिपछि सभामुख अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।


प्रतिक्रिया दिनुहोस्