घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार ४०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ८७ हजार १०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार २ लाख ८४ हजार ७०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १६० रूपैयाँले घटेर ४ हजार ३४० रूपैयाँ कायम भएको छ ।