आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधनपछि वीर अस्पतालको दृश्य (फोटोहरू)


काठमाडौँ । आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको निधन भएपछि आफन्त,शुभचिन्तक तथा सर्वसाधारण काठमाडौँ वीर अस्पतालमा भेला भएका छन् ।

भीड बढेपछि वीर अस्पताल र वरिपरीको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

अस्पतालमा भेन्टिलेटरमा उपचाररत् नेपालीको आज बिहान ११ः२० मा र वीर अस्पतालमा निधन भएको थियो ।

पार्किङ्काक्रममा नगर प्रहरीले बाइकमा व्हिल लक गरिदिएपछि नेपालीले हिजो काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका । उनको उपचारकै क्रममा आज निधन भएको हो ।