काठमाडौँ । सुकुम्बासी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेको छ ।
गएराति कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित बागमती नदीको वहाब बढेपछि सुकुम्बासी राखिएको होल्डिङ सेन्टरमा बाढी पसेको हो ।
मध्यराति साढे १ बजेतिर बाढी पसेपछि १५४ जनामध्ये ५३ जनाकाे उद्धार गरेर त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा सारिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ ।
उद्दारका लागि दङ्गा नियन्त्रण रेजिमेन्टबाट सशस्त्र प्रहरी उपरीक्षककाे नेतृत्वमा ३० जना र नेपाल प्रहरीका ३० जना सुरक्षाकर्मी खटिएका थिए ।
बाढी छिरेपछि होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीका सबै सामान भिजेका छन् ।
होल्डिङ सेन्टरमा बाढी पसेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीका ६० जनाको संयुक्त टोली खटिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणकाअनुसार ५४ जनालाई उद्धार छ ।
बाँकी ६ जना होस्टलमा बसेको र ९४ जना जान नमानेकाे र सुरक्षित स्थानमा बसेकाे प्राधिकरणनले जनाएकाे छ । सरकारले बाढीबाट जोगाउन भनेर खोला नदी किनारका सुकुम्बासी वस्ती डोजर चलाएर हटाए पनि व्यवस्थापन हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्