काठमाडौँ । शनिवार बिहान काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको उपचारका क्रममा निधन भएको छ । ४५ वर्षीय राउतको शरीर ५५ प्रतिशत जलेको थियो भने वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए । छोरासँग कुराकानी हुँदा विवाद भए लगत्तै भान्सामा गएर आत्मदाहको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
बिहीवार त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका गणेश नेपाली शुक्रवार उपचारका क्रममा मृत्यु भएको थियो । सो घटनापश्चात सरकारको बिरोध भइरहेको छ ।
सर्लाहीमा आत्मदाह प्रयास गरेका ४२ वर्षीय विवेक मण्डलको पनि हाल उपचार भइरहेको छ । काठमाडौँ ल्याएर कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्