मिडिया हाउसको गेटमा कसले गर्‍यो गाडी पार्किङ ?


काठमाडौँ । विभिन्न मिडिया हाउसको गेटमा शंकास्पद गाडी पार्किङ गरिएको छ । बाह्रखरी, कान्तिपुर पब्लिकेशन, अनलाइन खबर, हिमालयन टेलिभिजन लगायतका मिडिया हाउसको गेट अगाडी शंकास्पद गाडी पार्किङ गरिएको छ।

निजी नम्बर प्लेटका गाडी मिडिया हाउसको गेटमा कसले पार्किङ गरेको भनेर प्रहरीले छानबिन गरिरहेको जनाएको छ ।

प्रहरीले गेटमा रहेका गाडीमा ‘ह्विल लक’ लगाएको छ। गेटमै पार्किङ गरेपछि पत्रकारहरू रेर्पोटिङमा जान समस्या भएको जनाइएको छ ।