आइक्यानमा सरकारले पठायो तीनजना प्रतिनिधि,मतदाता नामावली प्रकाशित


काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टन्ट्स संस्था(आइक्यान)मा सरकारले तीनजना प्रतिनिधि पठाएको छ ।

अध्यादेशपछि अघिल्लो सरकारले नियुक्त गरेका तीनजना प्रतिनिधि फिर्ता भएपछि सरकारले नयाँ प्रतिनिधि पठाएको हो ।

अर्थ मन्त्रालयले अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेय महालेखा परीक्षकको कार्यालयबाट बालकृष्ण थापा र महालेखा नियन्त्रणको कार्यालयबाट दीपक लामिछानेलाई पार्षदमा पठाइएको हो ।

आइक्यानको काउन्सिलको अध्यक्ष र उपाध्यक्षका लागि असार ३२ गते निर्वाचन हुँदैछ । काउन्सिल १७ सदस्यीय हुने रहेको छ ।

सरकारले पनि प्रतिनिधि पठाएपछि काउन्सिलले पूर्णता पाएको छ । सरकारका प्रतिनिधि गएसँगै मतदाता नामावालीसमेत प्रकाशन भएको छ ।