काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ७० पैसा र बिक्रीदर १५३ रुपियाँ ३० पैसा, युरोपियन युरो एकको खरिददर १७४ रुपियाँ ५५ पैसा र बिक्रीदर १७५ रुपियाँ २४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ ४७ पैसा र बिक्रीदर २०५ रुपियाँ २८ पैसा छ ।
यस्तै चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ५३ पैसा र बिक्रीदर २२ रुपियाँ ६२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ६७ पैसा र बिक्रीदर ४० रुपियाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ८८ पैसा र बिक्रीदर ४२ रुपियाँ ०५ पैसा कायम छ ।
युएई दिराम एकको खरिददर ४१ रुपियाँ ५७ पैसा र बिक्रीदर ४१ रुपियाँ ७४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ५१ पैसा र बिक्रीदर ३७ रुपियाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ २३ पैसा र बिक्रीदर १० रुपियाँ २७ पैसा छ ।
कुवेती दिनार एकको खरिददर ४९६ रुपियाँ १८ पैसा र बिक्रीदर ४९८ रुपियाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपियाँ र ९९ पैसा बिक्रीदर ४०६ रुपियाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपियाँ ६० पैसा र बिक्रीदर ३९८ रुपियाँ १६ पैसा विनिमयदर निर्धारण गरिएको राष्ट्र बैँकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्