आइक्यानको अध्यक्ष र उपाध्यक्षका लागि आज मनोनयन दर्ता


काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यान)को अध्यक्ष र उपाध्यक्षका लाग आज मनोनन दर्ता हुँदैछ ।

असार ३२ गते हुने अध्यक्ष र उपाध्यक्ष चयनका लागि निर्वाचनका लागि आज १२ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ ।

४ बजेदेखि ४ः५० सम्म उम्मेदवारको नामावली प्रकाशन ४ः५० देखि ५ः५० सम्म उजुरीको समय तोकिएको छ ।

सबै प्रक्रिया पुरा गरेर अन्तिम नामावली भने भोली ४ बजे हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ तीन वर्ष कार्यकाल रहने आइक्यानको काउन्सिल परिषद्ले हरेक वर्ष अध्यक्ष र उपाध्यक्ष चयन गर्ने गर्दछ ।

आइक्यानले असार मसान्तसम्ममा अध्यक्ष र उपाध्यक्ष चयन गर्छ । काउन्सिल १७ सदस्यीय छ ।

सरकारले आफ्नो तर्फबाट प्रतिनिधि पठाएपछि काउन्सिलले पूर्णता पाएको छ । सरकारका प्रतिनिधिसहित १७ जनाको मतदाता नामावली प्रकाशन भएको छ ।