काठमाडौंँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक ६.११अंकले बढेर २५७६.२९ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये १२ ओटा उपसमुहको बढेको छ भने एक उपसमुहको सेयरमूल्य घटेको छ ।
आज ९ प्रतिशत कामना सेवा विकास बैंक लिमिटेड डिबेञ्चर २०८७ का लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १०.२२ प्रतिशतले बढेको छ ।
७ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०९० का लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ९.६८ प्रतिशतले घटेको छ ।
कुल ३८३ कम्पनीको एक करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्