आइक्यानको निर्वाचन रोचक,अध्यक्ष र उपाध्यक्ष दुबैमा उम्मेदवारी


काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यान)को अध्यक्ष र उपाध्यक्षका लाग मनोनयन दर्ता भएको छ ।

आइक्यानको इतिहासमै दोस्रो पटक अध्यक्षमा समेत मनोनयन दर्ता भएको छ ।

अध्यक्षका लागि वर्तमान उपाध्यक्ष आनन्दराज वाग्ले र पार्षद ठाकुरकुमार अधिकारीको उम्मेदवारी परेको छ भने उपाध्यक्षका लागि अमन उप्रेती र हेमकुमार काफ्लेको उम्मेदवारी परेको छ ।

यसअघि अध्यक्षमा उपाध्यक्षलाई छोड्ने चलन भए पनि आइक्यानको इतिहासमा वहालवाला उपाध्यक्षलाई अध्यक्षमा टक्कर दिएको दोस्रो पटक हो ।

संस्था स्थापना भएपछि २०६३/६३ काे आन्दाेलनपछि एक पटकमात्रै वहालवाला उपाध्यक्ष टंक पनेरूलाई अध्यक्षमा पहिलाे पटक महेश गुरागाइँले चुनाैती दिएका थिए ।

असार ३२ गते हुने अध्यक्ष र उपाध्यक्ष चयनका लागि निर्वाचनका लागि आज १२ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको थियाे ।