काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विभिन्न कार्यक्रमलाई प्राथमिकतामा रोखर अगाडी बताइने जनाएको छ ।
बोर्डले मंगलबार प्रेस नोट सार्वजनिक गर्दै आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यकमलाई समयबद्धरूपमा कार्यान्वयन गर्दै विभिन्न कार्यक्रलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने बताएको हो ।
पूँजी बजारको आकार, गहिराइ वितीय साधनहरुको विविधता, संस्थागत लगानीकर्ताको भूमिका, कर्पोरेट ऋणपत्र बजारको विकास तथा उत्पादनमूलक क्षेत्रसँगको अन्तरसम्बन्ध स्थापित गर्ने तथा मूलतः लगानीकर्ताको हितलाई केन्द्रबिन्दुमा राखेर अगाडी बढ्ने जनाएको छ ।
बोर्डले प्राथमिकतामा राखेका कार्यक्रमहरू:
धितोपत्र सम्बन्धी कसुरको प्रारम्भिक जाँचबुझ सम्बन्धमा अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाईनेछ,
लगानीकर्ता सुरक्षालाई प्राथमिकता दिई फिनफ्लुयन्सर हरुबाट धितोपत्र बजारलाई प्रभावित पार्ने गरी सूचना प्रवाह भएको विषय तथा अनधिकृत लगानी परामर्श, भ्रामक प्रचार, सामाजिक सञ्जालमार्फत हुने बजार प्रभावित गर्ने गतिविधि तथा वित्तीय ठगी विरुद्धका कार्यहरू उपर प्रभावकारी नियामकीय निगरानी गरिनेछ,
सार्वजनिक निष्काशनलाई थप व्यवस्थित बनाउनका लागि सरोकारवाला पक्षहरूबाट प्रप्त सुझाव समेत समेटी नीतिगत व्यवस्थामा सुधार गरी कम्पनीको वित्तीय एवन् व्यवस्थापकीय पक्षको बस्तुपरक अध्ययन गहरी अनुमति दिने व्यवस्था मिलाईनेछ,
मोर्डपाट मार्जिन कारोबार सम्बन्धी निर्देशिका जारी भइसकेकोमा उक्त कारोबारको कार्यान्वयनको अवस्था तथा सो सञ्चालनमा केही सीमितता देखिएमा बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड विसरिङ्ग लि. तथा धितोपत्र दलाल व्यवसायी बिच समन्वय कायम गरी यथाशीघ्र संचालन व्यवस्था मिलाइने,
सूचीकरण पश्चातको कारोबारमा हुने धितोपत्र माग र आपूर्तिबिचको सन्तुलन कायम गर्न सामूहिक लगानी कोषको लकइन अवधि र बाँडफाँड सम्बन्धी व्यवस्थालाई पुनरावलोकन गरिनेछ,
लगानीकर्ताहरुको कारोबार लागतमा कमी ल्याउने गरी प्राथमिक तथा दोश्रो बजार शुल्कमा पुनरावलोकन गरिनेछ
नेप्से सूचकांकलाई अल इक्विटी इन्डेक्सको रूपमा कायम राखी कारोबार योग्य सेयरहरूको आधारमा नयाँ सूचकांक विकास गरी त्यसलाई बेन्चमार्क सूचकाङ्क गणना गर्ने व्यवस्था मिलाइने,
सामाजिक सञ्जालको प्रयोग गरी सर्वसाधारण लगानीकर्ताबाट प्रारम्भिक सार्वजनिक निष्कासन अघि संगठित संस्थाहरुवाट हुने पूँजी संकलन सम्बन्धमा अपनाइएको व्यवहारलाई नियमन व्यवस्था मिलाइने ,


प्रतिक्रिया दिनुहोस्