सेबोनद्वारा पुँजी बजार नीति सार्वजनिक,एसएमई बोर्डदेखि पुँजी बजारमा ठुला संरचनागत सुधार घोषणा (पूर्ण पाठसहित)


काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ पुँजी बजार नीति सार्वजनिक गर्दै गैरआवासीय नेपाली (एनआरएन) लाई दोस्रो बजारमा लगानीको बाटो खोल्ने, साना तथा मझौला उद्यम तथा स्टार्टअपका लागि छुट्टै बोर्ड स्थापना गर्ने,डेरिभेटिभ र वस्तु विनिमय बजारको आधार तयार गर्ने घोषणा गरेको छ ।

नीतिअनुसार कर्पोरेट ऋणपत्र, सरकारी तथा नगर ऋणपत्र बजारलाई विस्तार गरिनेछ भने हरित ऋणपत्र, दिगोपन ऋणपत्र, सामाजिक ऋणपत्र र पूर्वाधार ऋणपत्रलाई प्रोत्साहन गरिने नीतिमा उल्लेख छ ।

सेबोनले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनःसंरचना, बजार पूर्वाधार आधुनिकीकरण तथा क्लियरिङ–सेटलमेन्ट प्रणालीलाई थप प्रभावकारी बनाउने जनाएको छ ।

हेर्नुहाेस् नीतिकाे पूर्णपाठ