काठमाडौंँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक १४ अंकले बढेर २५९०.२९ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ११ ओटा उपसमुहको बढेको छ भने एक उपसमुहको सेयरमूल्य घटेको छ । एउटा उपसमुहको सेयरमूल्य स्थिर छ ।
आज एनएमबी डिबेञ्चर १०.७५ प्रतिशत २०८९ ९० का लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य ९.२० प्रतिशतले बढेको छ ।
उपकार लघुवित्तका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ७.३२ प्रतिशतले घटेको छ ।
कुल ३६२ कम्पनीको ८४ लाख ७३ हजार १६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १७ करोड ३ लाख ९८ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्