सम्पत्ति विवरण बुझाउन सङ्घीय सांसदलाई आग्रह


काठमाडाैँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ ।

संसद् सचिवालयअन्तर्गतको सांसद सुविधा व्यवस्थापन शाखाले सूचना जारी गर्दै सांसदहरूलाई आफ्नो तथा परिवारका सदस्यको नाममा रहेको सम्पत्तिको अद्यावधिक विवरण स्रोत र प्रमाणसहित पेस गर्न भनको हो ।

सांसदहरूले आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र अर्थात् २०८३ साउन १ गतेदेखि भदौ २९ गतेसम्म सम्पत्ति विवरण बुझाइसक्नुपर्नेछ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ मा सार्वजनिक पद धारण गरेका व्यक्तिले प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ ।