८० अंकले बढ्यो नेप्से, साढे ४ अर्ब रूपैयाँभन्दा बढीको कारोबार


काठमाडौंँ । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबार नेप्से परिसूचक ७९.७४ अंकले बढेर २५७७.५४ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ११ ओटा उपसमुहको बढेको छ भने एक उपसमुहको सेयरमूल्य घटेको छ ।

आज श्रीनगर एग्रीटेकका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १५ प्रतिशतले बढेको छ ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य १५ प्रतिशतले घटेको छ ।

कुल ३३५ कम्पनीको एक करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।