काठमाडौँ । बागमती प्रदेशमा नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् ।
उनीहरूले संयुक्त रूपमा मुख्यमन्त्री ईन्द्र बानियाँलाई राजीनामा बुझाएका हुन् । बागमतीमा एमालेबाट ६ जना मन्त्री थिए ।
बागमती प्रदेशमा कांग्रेस संसदीय दल नेता बानियाँको नेतृत्वमा कांग्रेस एमालेको संयुक्त सरकार थियो । एमाले मन्त्रीहरूले राजीनामा दिएसँगै कांग्रेस नेतृत्वको सरकार सङ्कटमा परेको छ ।
प्रदेशहरूमा नेकपा एमाले र नेकपा मिलेर सरकार बनाउने गृहकार्य भइरहेका बेला बागमतीमा पनि एमाले मन्त्रीहरूले राजीनामा दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्