काठमाडौंँ । साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार नेप्से परिसूचक १४.१७ अंकले घटेर २७२६.७२ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ११ ओटा उपसमुहको बढेको छ भने २ उपसमुहको सेयरमूल्य घटेको छ ।
आज एभरेष्ट कलर लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले बढेको छ ।
आज कुथेली बुखुरी स्मल हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य १५ प्रतिशतले घटेर नकारात्मक सर्किट लगेको छ ।
कुल ३३८ कम्पनीको एक करोड ७७ हजार २२२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्