बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा एक हजार ४०० रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ८७ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ८८ हजार ५०० रूपैयाँमा किनबेच भइरहेको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले बढेर ४ हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको छ।