गत आर्थिक वर्षमा सानिमा बैंकले कति कमायो नाफा ?


काठमाडौँ । सानिमा बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५५ करोड १ लाख ४४ हजार रूपैयाँ खुद नाफा कमाएको छ । बैंकले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा खुद ३८ प्रतिशतले बढेको देखाएको हो। अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ५७ करोड २४ लाख ६३ हजार रूपैयाँ खुद नाफा कमाएको थियो।

गत आर्थिक वर्षमा बैंकले ६ अर्ब ९९ करोड ५ लाख ८३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढेको हो । बैंकले अघिल्लो वर्षमा ६ अर्ब ३५ करोड ५९ लाख ९७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत आर्थिक वर्षमा बैंकको निक्षेप ११ प्रतिशतले बढेर २ खर्ब ४९ अर्ब ११ करोड ८० लाख १७ हजार रूपैयाँ पुगेको छ भने कर्जा प्रवाह पनि १० प्रतिशतले बढेर एक खर्ब ९५ अर्ब ८८ करोड ४७ लाख ३० हजार रूपैयाँमा पुगेको छ।

बैंकको प्रतिसेयर आम्दानी (इपिएस) २५.७५ रूपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको इपिएस १८.९४ रूपैयाँ रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ १८८.४२ रूपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा २.८७ प्रतिशतमा झरेको छ। बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड १७ लाख ७६ हजार रूपैयाँ रहेको छ।बैंकको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) ८०.७७ प्रतिशत रहेको छ ।

बैंकको चुक्ता पुँजी १५ अर्ब ५८ करोड १५ लाख २५ हजार रूपैयाँ छ भने जगेडा कोषमा ९ अर्ब १२ करोड ४५ लाख १५ हजार रूपैयाँ सञ्चित छ ।