अर्थमन्त्री डा. वाग्लेले उत्पादनमूलक क्षेत्रका उद्योगीसँग छलफल गर्ने


काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट कार्यान्वयनका विषयमा उत्पादनमूलक क्षेत्रका का उद्योगीसँग छलफल गर्ने भएका छन् ।

मन्त्री वाग्ले आज आज अर्थ मन्त्रालयमा नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी अर्थतन्त्रमा विशिष्ट योगदान पुर्‍याएका झन्डै तीन दर्जन उद्योगीहरूसँग छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

मन्त्री वाग्लेले ‘बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम’ नाममा छलफल गर्न लागेका हुन् ।

छलफलमा अर्थमन्त्री वाग्ले, अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडीसहित अर्थ मन्त्रालयका महाशाखा तथा विभागका अधिकारीहरू पनि सहभागी हुनेछन् । अपराह्न तीनबजेपछि छलफल सुरु हुने छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न उद्योगी व्यवसायीसँग छलफल जारी राखेका छन् ।

छलफलमा अर्थमन्त्री वाग्लेलाई छलफलमा सहभागि गराएका छैनन् । प्रधानमन्त्रीसँगको छलफलमा सहभागि नभएका अर्थमन्त्री वाग्लेले ‘बजेट कार्यान्वयन’को विषय भनेर छुट्टै छलफल अगाडि बढाएका हुन् ।