घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ४ हजार ३०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ८८ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ८४ हजार २०० रूपैयाँमा किनबेच भइरहेको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १३५ रूपैयाँले घटेर ४ हजार ३१० रूपैयाँमा कारोबार भइरहेको छ।