काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयमा ठुलो समूहमा सल्लाहकार र स्वकीय सचिव राखेको भन्दै कटाक्ष गरेका छन् ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लले प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयमा रहेका सल्लाहकारहरूको सङ्ख्यालाई लिएर टिप्पणी गरेका हुन् ।
उनले प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार रहेको उल्लेख गर्दै आफूले भने केवल एकजना मात्र सल्लाहकार नियुक्त गरेको बताए ।
अर्थमन्त्री वाग्लेले भने,“तपाईंहरूले सुनिराख्नुभएको छ,प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार हुनुहुन्छ तर मैले केवल एकजना अवैतनिक राजस्व सल्लाहकार मात्र राखेको छु । भनेपछि यो राजस्वको विषयलाई मैले कति महत्व दिएको छु भन्ने कुरा यहाँहरूले बुझ्नुहोला ।”
बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले राज्यको ढुकुटीमाथि व्ययभार थपिने गरी सल्लाहकार नियुक्त गर्नु उपयुक्त नभएको उनको भनाई थियो ।


प्रतिक्रिया दिनुहोस्