शेखर गोल्छालाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश


काठमाडौं । नेपाल उद्योग बाणिज्य महासङघका पूर्व अध्यक्ष शेखर गोल्छालाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

हिमालयन रि इन्स्योरेन्स कम्पनीका निवर्तमान अध्यक्षसमेत रहेको गोल्छालाई जिल्ला अदालत काठमाडौंले एक करोड धरौटी माग गरेको छ ।

गोल्छालाई बीमा सम्बन्धी कसुरमा ७५ लाख र धितोपत्र सम्बन्धी सुरमा २५ लाख रुपैयाँ गरी कूल एक करोड रुपैयाँ धरौटी मागेको हो ।

हिजो आफै आफैं जिल्ला अदालत काठमाडौंमा उपस्थित भएर बयान दिएका गोल्छाको आज थुनछेक बहस भएको थियो ।

थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।