झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब ४० करोड रूपैयाँभन्दा बढीको कारोबार


काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ४.७९ अंकले बढेर २६६७.९७ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार सोलु हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५८ करोड १० लाख ८० हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा सोलु हाइड्रोपावरको लगनीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यस कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले बढेको छ ।

एभरेष्ट कलरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ९.०३ प्रतिशतले घटेको छ ।

कुल ३५० कम्पनीको एक करोड ६७ हजार ७३२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४० करोड ९ लाख ८८ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।