काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार सेयर मापक सूचक नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये एक ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
विहीबार रिडी पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४७ करोड २४ लाख रूपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा अप्पर लोहोरे खोलाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यस कम्पनीको सेयरमूल्य १५ प्रतिशतले बढेको छ ।
एलएस होराइजन १२ का लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ६.५० प्रतिशतले घटेको छ ।
कुल ३४७ कम्पनीको एक करोड ८ लाख ४ हजार ४२६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्