आगलागीबाट क्षतिग्रस्त भएको झापा इनर्जीको विद्युत् उत्पादन पुनःसुरु


काठमाडौँ । आगलागीबाट क्षतिग्रस्त भएको झापा इनर्जीको विद्युत् उत्पादन पुनःसुरु भएको छ ।

शिवसताक्षि –४, झापामा निर्माण गरी सञ्चालनमा रहेको १० मेगावाटको सौर्य विद्युत् आयोजना मर्मतपछि पुन विद्युत् उत्पादन सुरु भएको हो ।

आयोजनाको २ ओटा एमभिए क्षमताको इन्र्भटर मध्ये एउटा इन्भर्टरमा गते जेठ १८ गते दिउँसा आगलागी हुँदा ५ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको थियो । मर्मतसम्भार भएपछि अहिले १० मेगावाट उत्पादन नै सुरु भएको आयोजनाले जनाएको छ ।