घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ४ हजार ६०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला ३ लाख ६ हनार २०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार ३ लाख एक हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ९० रूपैयाँले घटेर ४ हजार ६६० रूपैयाँ कायम भएको छ ।