११ अंकले घट्यो नेप्से, ४ अर्ब रूपैयाँको कारोबार


काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रबार सेयर मापक सूचक नेप्से परिसूचक ११.४८ अंकले घटेर २६३९.७३ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

शुक्रबार एग्रीकल्चर बण्ड (९ वर्षे) सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७० करोड ८७ लाख ९९ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यी दुई कम्पनीको सेयरमूल्य क्रमश १५ र १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

कुल ३४३ कम्पनीको ९० लाख ५७ हजार ९९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १ करोड ३१ लाख ८० हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।