काठमाडाैँ । सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभामा सांसदले उठाएका प्रश्नको जवाफ दिने प्रधानमन्त्री वालेन्द्र शाहलाई निर्देशन दिएका छन् ।
विपक्षीहरूले पटकपटक आवाज उठाउँदा पनि शाहले प्रतिनिधि सभामा जवाफ दिने गरेका छैनन् ।
झण्डै चार महिनापछि सभामुख अर्यालले आज प्रधानमन्त्री शाहलाई संसदमा संसदहरूले उठाएको विषयमा प्रधानमन्त्री वा प्रधानमन्त्री कार्यालयको क्षेत्रभित्र पर्ने विषयको जवाफ दिन पहिलो पटक आज रुलिङ गरेका हुन् ।
प्रतिनिधि सभा नियमावलीको नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहेकाे विरोधप्रति आफ्नाे ध्यानाकर्षण भएकाे सभामुखकाे भनाइ थियाे ।
“प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्मानीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु,” सभामुख अर्यालले भने।


प्रतिक्रिया दिनुहोस्