सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष शर्माको राजीनामा स्वीकृत


काठमाडौँ । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष पद्मनाथ शर्माले दिएको राजीनामा स्वीकृत भएको छ ।

भदौ २ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले शर्माको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

उनको राजीनामा भदौ २ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको कम्पनीले जनाएको छ । शर्माले संस्थाको सञ्चालक समितिसमक्ष भदौ १ गते राजीनामा दिएका थिए ।