घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार ७०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख ६ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ३ लाख ४ हजार १०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदकिो मूल्य प्रतितोला १६० रूपैयाँले घटेर ४ हजार ५९५ रूपैयाँमा कारोबार भइरहेको छ ।