बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ३०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला ३ लाख १३ हजार ४०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार ३ लाख १६ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १३० रूपैयाँले बढेर ४ हजार ९८५ रूपैयाँमा कारोबार भइरहेको छ ।।