तुलसीपुर रहेको पेट्रोल पम्पमा आगलागी हुँदा म्यानेजर घाइते


दाङ । तुलसीपुर रहेको तुलसी पेट्रोल पम्पमा आगलागी हुँदा एक जना घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–६ मेरो बजारस्थित तुल्सी पेट्रोल पम्पमा आज बिहान करिब साढे ५ बजे आगलागी भएको हो ।

रा १ ख २५५८ नम्बरको ट्याङ्करबाट पेट्रोल खन्याउने क्रममा कोठा भित्र बाल्दै गरेको अगरबत्तीको रापबाट काउन्टरमा आगलागी भएको हो ।

आगलागीमा परी पेट्रोल पम्पका म्यानेजर ४२ वर्षीय हुकुम भण्डारीको हात, खुट्टा र अनुहारमा सामान्य जलन भएको प्रहरीले जनाएको छ ।

घाइते भण्डारीको अवस्था मध्यम रहेको र उहाँको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरीले कार्यालय तुलसीपुरले जनाएको छ । स्थानीयवासी र प्रहरीको आगो निभाइएको थियो ।